RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/७ गते
१४६६ पटक

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा (५) अनुसार सरकार बनोस् भन्ने उद्देश्यका साथ बाटो खोलिदिएर सिफारिस गरेको मामिलालाई लिएर कृतिम र नाटकीय व्याख्या भएकाे आरोप लगाएका छन्।

उनले बिहीबार आफूले राष्ट्रपतिसमक्ष  सिफारिस अचानक गरेको, नयाँ कुरा जस्तो ठानिएको बताएका छन्। शुक्रबार पत्रकार सम्मेलनमा उनले यसो नगरेर  विश्वासको मत लिएको भए आफूलाई विश्वासको मत प्राप्त नहुने ठोकुवा गरेका छन्।

उनले त्यस्तो अवस्थामा फेरि जाने संविधानको धारा ७६ को उपधारा (५) मै भएको बताए। नीति तथा कार्यक्रम तथा बजेट पेश गर्न समय धेरै नभएकाले आफूले नयाँ सरकार गठनका लागि बाटो खोलेको उनले बताए।

उनले भने,‘ समय लिएर विश्वासको मत लिने कर्मकाण्ड पुरा गरेर, विश्वासको मतमा पराजित भएर पाँचमा जानै पर्ने थियो। समयको चापको हिसावमा अपरिहार्य भएकाले धारा ७६ को उपधारा (५) अनुसार अघि बढ्न खाजेको हो।’

उनले यसबाट छलेर सरकार जोगाउने वा सरकार कब्जा गर्न नखोजेको बताए। उनले यो बीचमा प्रधानमन्त्रीलाई पदबाट हटाउने मात्रै उद्देश्य दलहरुले राखेको आरोप लगाए। आफू सरकारमा पुग्ने इच्छा वा अस्थायी ढंगबाट सबै चलेको जस्तो देखाएको उनको भनाई छ।

उनले भने,‘ संसद अशक्त स्थितिमा पुग्यो, संसदबाट नयाँ सरकार दिन सक्ने अवस्था पनि देखिएन। सरकार ढाल्ने र नयाँ बनाउने असफल प्रयासले सरकारले सहज ढंगबाट काम गर्न पाएन।’

प्रतिकृया दिनुहोस्