RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१२/९ गते
७७४ पटक

काठमाडौँ,  कतारमा चैत ७ गतेदेखि लागू हुनेगरी पारिश्रमिक वृद्धि गरी न्यूनतम तलब एक हजार रियाल (३० हजार रुपियाँ) बनाएको छ । यो लागूू भएसँगै कतारमा रहेका नेपालीसहित अन्य आप्रवासी श्रमिक लाभान्वित हुने भएका छन् ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक विकास मन्त्रालयले गत छ महिना पहिले नै घोषणा गरे पनि अहिले आएर कार्यान्वयनमा ल्याएको हो ।

न्यूनतम तलब सुविधा अहिले अनिवार्य कार्यान्वयन गर्नुुपर्ने बाध्यकारी व्यवस्था ल्याए पनि कतारमा पाँच हजारभन्दा बढी कम्पनीले यसअघि नै न्यूनतम तलब सुविधा कायम गरिसकेको कतार सरकारले जनाएको छ ।

अब कतारी रोजगारदाता कम्पनीले कतारमा रोजगारीमा रहेका सबै आप्रवासी श्रमिकलाई न्यूनतम तलब एक हजार रियाल तथा अन्य सुविधा उपलब्ध गराउनु पर्नेछ । नयाँ व्यवस्थाअनुसार रोजगारदाता कम्पनीहरूले सोहीअनुरूप श्रमिकसँगको रोजगार करारपत्रमा पनि संशोधन गर्नुपर्ने जनाइएको छ ।

यो लागू भएसँगै कतारमा हाल कार्यरत झन्डै साढे चार लाख नेपाली श्रमिकले लाभ लिनसक्ने छन् । रोजगारविज्ञ डा. गणेश गुुरुङले कतार सरकारले पछिल्लो पटक वृद्धि गरेको तलब र अन्य सेवासुविधाले आमश्रमिक लाभान्वित हुने बताउनुुभयो । कतारले तलब र सेवासुविधा बढाएर लागू गरेको श्रमिकमैत्री नीति मलेसियासहित अन्य खाडीका मुुलुकले पनि सिको गरेमा रोजगारीका लागि पुुगेका नेपालीसहित आप्रवासी श्रमिकलाई फाइदा पुुग्ने उहाँको भनाइ छ ।

पछिल्ला तीन÷चार वर्षयता कतार सरकारले आप्रवासी श्रमिकको पक्षमा धेरै राम्रा काम गर्दै आएको छ । यसअघि कतार सरकारले श्रमिकको हितलाई मध्यनजर गर्दै रोजगारदाता परिवर्तन गर्न पाउने कानुनी व्यवस्था कार्यान्वयनमा ल्याएको थियो । उक्त कानुन कार्यान्वयनसँगै सन् २०२० को अन्तिम चौमासिकमा ७८ हजार आप्रवासी श्रमिकले यसको फाइदा लिन सफल भएको जनाइएको छ । यस्तै कतारले एक्जिट भिसाबिना देश छाड्न मिल्नेगरी सन् २०१८ आफ्नो आवासीय कानुनसमेत परिवर्तन गरेर कार्यान्वयनमा ल्याएको थियो ।

यस्तै स्न २०१० मा २०२२ को विश्वकप फुुटबल प्रतियोगिता (फिफा) कतारले आयोजना गर्ने भन्ने घोषणा भएदेखि आप्रवासी श्रमिकलाई लिएर कतार सचेत रहँदै आएको छ । सन् २०२२ मा हुन गएको फिफामा धेरै देशले सहभागिता जनाउने हुनाले पनि आफ्नो देशको प्रतिष्ठालाई माथि पार्न पछिल्लो पटक कतार सरकारले श्रमिकको तलब न्यूनतम एक हजार रियाल पुु¥याएको बताउनुुभयो ।

यसअघि कतारमा कार्यरत श्रमिकको न्यूूनतम तलब ८०० रियाल थियो । कतारले तलब वृद्धि गरेसँगै कतारमा आप्रवासी श्रमिकको आकर्षण अझै बढ्ने आकलन गरिएको छ ।

नयाँ व्यवस्थामा कम्पनीले श्रमिकका लागि खाना तथा आवासबापतको रकम छुट्टै उपलब्ध गराउनु पर्नेछ भने नयाँ कानुनअनुसार खानाबापत ३०० रियाल तथा आवास सुविधा उपलब्ध नगराइएको भएमा थप ५०० रियाल प्रतिमहिना श्रमिकलाई दिनुुपर्र्नेछ । सन् २०२० को सेप्टेम्बरमा सो मन्त्रालयले छ महिनाको समयावधि राखेर नयाँ कानुन जारी गरेको थियो । कतारको सो घोषणालाई अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)लगायतका संस्थाले ऐतिहासिक भन्दै स्वागत गरेका थिए ।

गोरखापत्र दैनिकबाट………….

प्रतिकृया दिनुहोस्