RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२३ गते
५३३ पटक

काठमाडौं :  मंगलबार बालुवाटारमा बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकमा संक्रमण शून्यमा झार्ने विषयमा छलफल भएको हो।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिको २३ औं बैठकमा मंगलबार प्रधानमन्त्री केपी ओलीको समेत उपस्थिति थियो।

मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीका अनुसार कृषि र उद्योग क्षेत्रका कामलाई मापदण्ड अनुसार निरन्तरता दिँदै कोरोना नियन्त्रणमा अहिले भएका सबै प्रयासलाई यथावत राख्दै संक्रमण शून्यमा झार्ने विषयमा छलफल भएको हो।

‘कृषि क्षेत्रका कामलाई सुरक्षाका मापदण्ड अपनाएर निरन्तरता दिने र  तिनलाई स्वभाविक ढंगले अगाडि बढाउने’, सचिव बिडारीले भने, ‘संक्रमणलाई रोक्ने र शून्यमा झार्ने तर्फ भएसम्मका सबै प्रयास जारी राख्ने। हाम्रो मुलुकमा रोग र संक्रमणका कारण मृत्युवरण गर्ने अवस्था नआओस् भन्ने विषयमा समिति गम्भीर छ।’

 

प्रतिकृया दिनुहोस्