RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/२१ गते
९७३ पटक

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज आइतबारबाट टनेलमा पठाइएको छ । विहान साढे ८ बजे मेलम्चीको मुहानमा पूजा गरी पानी टनेलमा हालिएको हो ।

पानी प्रतिसेकेन्ड २६० लिटरको दरले टनेलमा हालिएको हो । आजबाट छाडिएको पानी काठमाडौंमा ७ साउनमा आउने बताइएको छ । टनेलभित्र रहेका हावा निस्कन समय लाग्ने र थोरैको दरले पानी छाडिएकाले काठमाडौंमा पानी आउन समय लाग्ने भएको हो ।

खानेपानी मन्त्रालयमा आज ३ बजे पत्रकार सम्मेलन गरी यो विषयको जानकारी गराइने भएको छ ।

प्रतिकृया दिनुहोस्