RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/२८ गते
५३७ पटक

सङ्खुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दा गाउँमा पहिरो जाँदा सात घर बगाएको छ । पहिरोले बगाएर ११ जना बेपत्ता भएका छन् ।

अविरल वर्षापछि आज बिहान गएको पहिराले सिसुवाखोलाको बेसिन्दा गाउँ पहिरोले बगाएको हो । अहिले बिहान घटनास्थलतर्फ प्रहरी गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताए । अहिले पनि भारी वर्षा भइरहेको छ ।

अहिले पनि भारी वर्षा भइरहेको छ । साथै सिलिचोङ गाउँपालिकाका अध्यक्ष रामबहादुर कुलुङले पहिरो गएको स्थान निकै दुर्गम भएको तथा घटनास्थल पुग्न बाटोमा खोलाहरूमा बाढी आएकाले मुस्किल भएको बताए । घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिकृया दिनुहोस्