RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/२८ गते
११९३ पटक

असार २८ । चितवनको भरतपुर मेडिकल कलेजका चार जना डाक्टर पक्राउ परेका छन । प्रहरीले गम्भीर अभियोगमा मेडिकल कलेजका चार डाक्टहरुलाई पक्राउ गरेको हो ।

अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा चार जना डाक्टरहरुलाई पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रभात श्रेष्ठ, बालकृष्ण कालाखेती र किरण अधिकारी लगायतका छन। प्रहरीले जिल्ला प्रशासन कार्यालय चितवनका एक अधिकारीलाई पनि पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरुलाई पक्राउ गरी काठमाडौं ल्याउन लागेको हो ।

सो कलेजले एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरेको पाइएपछि पक्राउ गरिएको स्रोतले जनाएको छ।ब्युरोको लामो समयको अनुसन्धानपछि डाक्टरहरु पक्राउ परेका हुन। सो अस्पताल चितवनको पुरानो मेडिकल कलेजको नामले परिचित छ। कलेजका संचालक भी नटराज र नगेन्द्र कम्पाटी रहेका छन ।

प्रतिकृया दिनुहोस्