RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१४ गते
५९७ पटक

काठमाडौँ । नेपाली सेनाको मुख्यालय जंग्गी अड्डाका एक जना सिपाहिले गोली हानेर आत्महत्या गरेका छन् । ती सिपाहीले शनिबार बिहान ३ बजे गोली हानेर आत्महत्या गरेका हुन् ।

भद्रकालीस्थित आर्मीको पेट्रोल पम्पमा ड्युटीमा रहँदा बोकेको बन्दुकले आफ्नो कन्चटमा गोली हानेर आत्महत्या गरेको नेपाली सेनाका सहायकरथी तथा प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

ती सिपाहीको घर तनहुँ जिल्लाको रानीपोखरी हो ।प्रवक्ता पौडेलको अनुसार घटनाबारे थप नेपाल प्रहरी र सैनिक प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्