RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/१४ गते
११०३ पटक

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाले शुक्रबार उल्लेखनीय मौसमी प्रणाली नभएको जानकारी दिएको छ । महाशाखाका अनुसार हाल देशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

शुक्रबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।  यसैगरी, राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

शनिबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा आंशिक बदली रहनेछ । यस्तै, शनिबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

आइतबार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भू(भागमा आंशिक बदली रहनेछ । आइतबार राति देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रतिकृया दिनुहोस्