RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/२३ गते
५१३ पटक

बेलायतले आफ्ना नागरिकलाई आज (मंगलबार)बाट कोरोना भाइरस (कोभिड १९) महामारीविरुद्धको भ्याक्सिन (खोप) लगाउन सुरु गरेको छ । बेलायतले यसलाई ‘मास भ्याक्सिनेसन’को सुरुवात भनेको छ ।

बेलायतले यसका लागि सबै तयारी पूरा भएको जनाएको छ । अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोन्टेकले संयुक्त रूपमा निर्माण गरिरहेको भ्याक्सिन प्रयोगमा ल्याएको छ । पहिलो चरणमा बेलायतले ८० वर्षभन्दामाथिका व्यक्तिलाई भ्याक्सिन लगाउने तयारी गरेको छ । उनीहरूसँगै केही स्वास्थ्यकर्मी र स्याहार–सुसार गर्ने व्यक्तिहरूलाई पनि भ्याक्सिन लगाइनेछ ।

बेलायतले गत साता मात्रै यो भ्याक्सिन प्रयोगका लागि अनुमति दिएको थियो । यो प्रक्रियालाई कोरोना भाइरसबाट निकै जोखिममा रहेका व्यक्तिलाई सुरक्षित राख्ने अभियान भनेको छ ।

पहिलो चरणमा भ्यासिन लगाउने भाग्यमानीमध्ये ८७ वर्षीय डा. हरि शुक्ला पनि रहेका छन् । कोरोना भाइरसविरुद्धको भ्याक्सिन लगाउन पाउँदा नौँ नातिनातिनाका हजुरबुबा शुक्लाले खुसी व्यक्त गरेका छन् ।

यो भ्याक्सिन लगाउनु पनि कोरोना भाइरसविरद्धको अभियानमा मैले पूरा गर्नुपर्ने कर्तव्य हो । यो अभियानका लागि मैले सकेको गर्नेछु’, शुक्ला भन्छन् । उनले मंगलबार न्युक्यासनलस्थित रोयल भिक्टोरिया इन्फर्मरीमा भ्याक्सिन लगाएका छन् । उनीसँगै उनकी श्रीमती रन्जनले पनि भ्याक्सिन लगाएकी छिन् ।
बेलायत कोरोना भाइरसविरुद्ध यो भ्याक्सिन प्रयोग गर्ने पहिले देश बनेको छ । सर्वसाधारणका लागि भ्याक्सिन लगाउन सुरु गरे पनि बेलायतले यसलाई स्वयंसेवी भनेको छ । इच्छुक व्यक्तिले मात्रै भ्याक्सिन लगाउन सक्नेछन् ।

सरकारी अधिकारीहरूले यसलाई महŒवपूर्ण अभियान मानेका छन् । ‘हामीले आजको दिनलाई साँच्चिकै महŒवपूर्ण दिनका रूपमा हेर्ने छौँ’, बेलायतका स्वास्थ्यसचिव माट हान्कक भन्छन्, ‘विश्वलाई नै आक्रान्त बनाएको डरलाग्दो रोगविरुद्धको बलियो अभियान सुरु भएको दिनका रूपमा हेरिनेछ ।’
बेलायतले मंगलबार स्कट्ल्यान्डबाट भ्याक्सिन लगाउन सुरु गरेको छ । वेल्स र उत्तरी आयरल्यान्डमा स्वास्थ्यकर्मीहरूलाई पहिलो प्रथमितामा राखेर भ्याक्सिन लगाइनेछ । यो अभियानलाई बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पनि महŒवपूर्ण मानेका छन् । यद्यपि, उनले आफ्ना जनतालाई आवश्यक सतर्कता अपनाउन नछाड्न पनि अनुरोध गरेका छन् ।

‘आजको यो सुरुवात कोरोना भाइरस रोक्न बेलायतले गरिरहेको प्रयासमा महŒवपूर्ण साबित हुनेछ’, उनी भन्छन्, ‘यद्यपि, भ्याक्सिन सबैका लागि पुग्न अझै केही साता वा महिना लाग्न सक्छ । त्यसवेलासम्म तपार्इंले आवश्यक सतर्कता अपनाउन छाड्नुहुन्न ।’

कोरोनाबाट बेलायतमा ६० हजारको मृत्यु
बेलायतमा सरकारी तथ्यांकअनुसार कोरोना भाइरस संक्रमणबाट ६० हजारभन्दा बढीको मृत्यु भएको छ । बेलायतले पहिलो चरणमा देशभरको करिब ७० अस्पतालबाट भ्याक्सिन सेवा दिन सुरु गरेको छ ।

भ्याक्सिन लगाउने पहिलो चरणको अभियान सुरु गर्दा बेलायतसँग अहिले आठ लाख डोज भ्याक्सिन छ । थप चार करोड डोज अर्डर गरेको छ । दुई चरणमा लगाउनुपर्ने यो भ्यासिन सबै नागरिकका लागि पर्याप्त हुने बेलायतको अनुमान रहेको छ । बेलायतमा अहिले दुई करोड जनसंख्या रहेको जनाइएको छ ।
बेलायती सरकारले अर्डर गरिएका सबै भ्याक्सिन यसै वर्षभित्र आइपुग्ने जनाएको छ । यद्यपि, कम्पनीका अनुसार कम्तीमा यो वर्ष बेलायतले भनेकोजति सबै भ्याक्सिन पाउनेछैन ।

फाइजर र बायोन्टेकको यो भ्याक्सिन बेल्जियममा बनिरहेको छ । बेल्जियमदेखि भ्यासिन राखिएको ‘रेफ्रिजेरेटर’सहितका कन्टेनर बेलायत आइपुगेका छन् । तिनलाई सम्बन्धित अस्पतालमा पु¥याइएका छन् ।

बेलायत सरकारले अस्पतालमा रहेका ८० वर्षभन्दा माथिका बिरामीलाई पनि आवश्यतानुसार भ्याक्सिन लगाइदिने जनाएको छ । यो भ्याक्सिन दुई चरणमा दिइनेछ । पहिलोपटक लगाइएको २१ दिनपछि दोस्रो डोज लगाइनेछ । दोस्रो डोज पनि लगाएको सात दिनपछि भ्यासिनले सम्बन्धित मान्छेको शरीरमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने क्षमता निर्माण गर्ने जनाइएको छ ।

भ्याक्सिनको साइड इफेक्ट भए पनि निकै सामान्य खालका छन् । भ्यासिनलाई ९५ प्रतिशत प्रभावकारी भनिएको छ । यद्यपि, यो भ्याक्सिनले उत्पादन गरेको रोग प्रतिरोधात्मक क्षमता सम्बन्धित व्यक्तिको शरीरमा कति समयसम्म रहन्छ भन्नेबारे भने अझै निश्चित भएको छैन । नयाँ पत्रिका दैनिक………………

प्रतिकृया दिनुहोस्