RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/८/२९ गते
८३३ पटक

नेपालले मानव विकास सूचकांक (एचडिआई)मा थप सुधार गरेको छ । राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आइतबार सार्वजनिक गरेको सन् २०२० को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकांक ०.५८७ छ । यो अघिल्लो वर्ष सन् २०१९ को तुलनामा ०.०८ अंकले बढी हो । एचडिआई शून्यदेखि १ बीचको अंकमा गणना हुन्छ । १ अंकबाट जति नजिक एचडिआई भयो, त्यति नै मुलुक आर्थिक तथा सामाजिक रूपमा विकसित भएको मानिन्छ ।

विगत पाँच वर्षदेखि नेपाल मध्यम मानव विकासको कोटीमा छ । ० दशमलव ५५० अंकभन्दा माथि ० दशमलव ६९० सम्म एचडिआई हुनुलाई मध्यमस्तर मानिएको छ । पछिल्ला वर्षमा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिदरमा सकारात्मक सुधार भएकाले नेपालको एचडिआईमा वृद्धि भएको प्रतिवेदनले उल्लेख गरेको छ ।

नेपालले मानव विकास सूचकांक (एचडिआई)मा थप सुधार गरेको छ । राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले आइतबार सार्वजनिक गरेको सन् २०२० को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकांक ०.५८७ छ । यो अघिल्लो वर्ष सन् २०१९ को तुलनामा ०.०८ अंकले बढी हो । एचडिआई शून्यदेखि १ बीचको अंकमा गणना हुन्छ । १ अंकबाट जति नजिक एचडिआई भयो, त्यति नै मुलुक आर्थिक तथा सामाजिक रूपमा विकसित भएको मानिन्छ ।

विगत पाँच वर्षदेखि नेपाल मध्यम मानव विकासको कोटीमा छ । ० दशमलव ५५० अंकभन्दा माथि ० दशमलव ६९० सम्म एचडिआई हुनुलाई मध्यमस्तर मानिएको छ । पछिल्ला वर्षमा स्वास्थ्य, शिक्षा र आर्थिक वृद्धिदरमा सकारात्मक सुधार भएकाले नेपालको एचडिआईमा वृद्धि भएको प्रतिवेदनले उल्लेख गरेको छ । नयाँ पत्रिका दैनिक

प्रतिकृया दिनुहोस्