RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/२ गते
६१५ पटक

दैलेख । विगतका दिनमा सुगममा मात्रै सेवा सुविधा दिने दुर्गमका नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित हुने गर्दथे । अब त्यसो हुन नदिनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सेवा विभाग व्यवस्थापन महाशाख अन्र्तगत एकीकृत सुचना व्यवस्थापन महाशाखाले नेपालभर विद्युतीय स्वास्थ्य आपूर्ति व्यवस्थापन सूचना प्रणाली लागू गरेको छ ।

नेपालको संविधानमा नागरिकले म्याद ननाघेको र गुणस्तरीय औषधी सहजै पाउनुपर्छ भन्ने व्यवस्था गरेकाले जिल्लाका ११ वटै स्थानीय तहहरुमा यो सेवा सुरुवात गरिने भएको छ । स्थानीय तहहरुमा स्वास्थ्य आपूर्ति व्यवस्थापन प्रणालीका सूचनाहरु व्यवस्थित बनाउन र दुर्गममा औषधी पुगे नपुगेको जानकारी पाउन,म्याद ननाघेको औषधी प्रयोग भईरहेको छ भन्ने कुरा जानकारी लिनका लागि विद्युतीय स्वास्थ्य आपूर्ति व्यवस्थापन सूचना प्रणालीको सुरुवात गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगत एकिकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाको पहलमा यो प्रणाली लागु भएको हो । यो प्रणालीले सुशासनलाई टेवा पु¥याउने विभागको व्यवस्थापन महाशाखा अन्तरगत एकिकृत स्वास्थ्य सूचना व्यवस्थापन शाखाका तथ्यांक अधिकृत शिवलाल शर्मा जानकारी दिए । शर्माले भने ‘विगतका दिनमा सुगममा मात्रै सेवा दिने र दुर्गमका नागरिकहरु स्वास्थ्य सेवाबाट बञ्चित हुने गरेका थिए, सूचना प्रणाली लागु भएसँगै यस्तो प्रवृति अन्त्य हुन्छ ।’

स्थानीय तहको स्वास्थ्य शाखामा खरिद गरिएको औषधी पुग्यो की पुगेन् वा गुणस्तरिय औषधी छ की छैन भन्नेबारे जानकारी लिने यो प्रणालीले सजिलो बनाउने छ । स्वास्थ्यका कार्यक्रम र औषधी खरिदमा बदमासी गर्ने प्रवृति निरुत्साहित हुनेछ ।

कर्णाली प्रदेशका २५ नगरपालिका, ५४ गाउँपालिका गरि ७९ वटा स्थानीय तह सहित मुलुकका ७५३ वटै स्थानीय तहहरुमा विद्युतीय स्वास्थ्य आपूर्ति व्यवस्थापन सूचना प्रणाली लागु भईसक्ने शर्माले जानकारी दिए । ‘आगामी दिनमा समन्वयात्मक कार्य सञ्चालनको लागि यसको महत्व (तथ्यांक प्रयोग) सम्बन्धी स्थानीय तहका प्रमुख लगायतलाई अभिमुखिकरण गर्नुपर्छ,’। ‘सूचना प्रणालीका लागि अति आवश्यक कम्प्युटर सेट, इन्टरनेट, पावर व्याकअप र तथ्यांक अपडेट गर्ने जनशक्तिको व्यवस्थापन समेत हुनुपर्छ ।’

कार्यक्रम कार्यान्वयनका लागि स्थानीय तहको स्वास्थ्य शाखा प्रमुख र कर्मचारीलाई तीन दिने तालिम समेत प्रदान गरिएको छ । युएसएआईडी ग्लोबल हेल्थ सप्लाई चेन कार्यक्रम, खरीद र आपूर्ति व्यवस्थापनको आर्थिक तथा प्राविधिक सहयोग र स्वास्थ्य सेवा कार्यालय दैलेखको आयोजनामा तालिम प्रदान गरिएको हो । दैलेखका ११ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख र स्थानीय तहको स्वास्थ्य शाखा तथा दुल्लु अस्पतालमा स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीमा काम गर्ने कर्मचारी तालिम प्रदान गरिएको हो ।

स्वास्थ्य सेवा कार्यालय दैलेखको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा.निरन्जन पन्तले सूचना प्रणाली लागु भएपछि औषधी तथा औषधी जन्य सामाग्रीहरुको आपूर्ति व्यवस्थापनमा सहयोग पु-याउने बताए । ‘पारदर्शिता, विद्युतिय सुरक्षा, काममा सहजता तथा समयको बचत सँगसँगै सूचना प्रयोजन गरी आवश्यक अनुसार औषधी आपूर्ति तथा योजना बनाउन सहयोग गर्दै विद्युतीय सुशासन प्रणाली सुदृढिकरण गर्न सहयोग पुग्नेछ,’ । ‘सुरुवाती कार्यलाई निरन्तरता दिन स्वास्थ्य सेवा कार्यालय, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य क्षेत्रको सूचना व्यवस्थापन प्रणालीमा सहयोग गर्ने संघसंस्थाहरुबाट निरन्तर सहयोग रहनुपर्छ ।’राजधानी दैनिकबाट ………………..

प्रतिकृया दिनुहोस्