RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/३/१३ गते
६९७ पटक

लन्डन — सब्स्टिच्युट फेडेरिको चिसा र माटिओ पेसिनाले अतिरिक्त समयमा गरेको गोलमा इटालीले शनिबार अस्ट्रियालाई २–१ ले हराएर युरो २०२० को क्वार्टरफाइनल प्रवेश गरेको छ ।

तस्बिर : रोयटर्सदुवै टिम वेम्बलीमा भएको खेलको निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीको स्थितिमा थिए । चिसाले ९५औं मिनेटमा पहिलो गोल गरेपछि पेसिनाले १ सय ५औं मिनेटमा दोस्रो गोल थपे । अस्ट्रियाका तर्फबाट सासाले एक गोल फर्काए ।

अब इटालीले सेमिफाइनल प्रवेशका लागि आइतबार बेल्जियम र पोर्चुगलबीच हुने खेलको विजेताको सामना गर्नेछ । रोममा भएका समूह ‘ए’ का तीनै खेल जितेको इटालीले यसपल्टको प्रतियोगितामा घर बाहिर खेलेको यो पहिलोपल्ट हो ।

अस्ट्रियाका मार्को अर्नुटोभिचले ६५औं मिनेटमा गोल गरे पनि ‘भार’ ले त्यसलाई मान्यता दिएको थिएन । यस कठिन जितसँगै इटालीको अपराजित यात्राको कीर्तिमान ३१ खेल पुगेको छ ।

इटाली सन् १९३५ देखि १९३९ मा ३० खेलसम्म अपराजित थियो । अहिलेको इटाली भने सन् २०१८ को यूईएफए नेसन्स लिगमा पोर्चुगलको हातबाट अन्तिम पटक पराजित भएको थियो ।

 

प्रतिकृया दिनुहोस्