RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/१२ गते
८२९ पटक

प्रहरीका अनुसार गएराति नेपालगञ्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना ६ ख २७५७ नम्बरको बस बराहचौर नजिक दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परेर ३० जना घाइते भएकाे जाजरकोटका डिएसपी मधुकुमार थापाले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये केहीकाे अवस्था गम्भीर रहेको छ । दुर्घटनामा परेको बस सडकबाट करिब २०० मिटर तल खसेको छ।

मृत्यु हुनेमा कुशे-९ जाजरकोट निवासी १८ वर्षीया अनिला नेपाली, आठबिसकोट-५ रुकुम पश्चिमकी २४ वर्षीया सन्ध्या मल्ल शाही, नलगाड-३ करुवा जाजरकोटका २६ वर्षीय शेर बहादुर परियार, आठबिसकोट-४ निवासी चार वर्षीया बालिका दिब्या शाही र सप्तरी राजबिराज नगरपालिका १ घर भइ दिपेन्द्र आधारभुत विद्यालय सक्ला जाजरकोटमा कार्यरत ४० वर्षीय गंगाराम यादव रहेकाको डिएसपी थापाले बताए ।

घाइते हुनेहरूमा जाजरकोटको कुशे गाउँपालिका–९ का गिता नेपाली, गणेश नेपाली, बारेकोट गाउँपालिका–९ का संगिता बुढा, कालीबहादुर बोहरा, मनिषा बोहरा, वडा नम्बर ७ का प्रेम सिंह, वडा नम्बर ६ का कमल चलाउने, वडा नम्बर १ का खम्ब प्रसाद पुन, जाजरकोटकै नलगाड नगरपालिका–१० का अमित ध्यार, अमित धामी, अमर दमाई, वडा नम्बर ४ का हजारी वली, वडा नम्बर १ का अभिषेक परियार, वर्षा परियार, विपना परियार, नेपालगञ्जका २५ वर्षीय मोहन खत्री, प्रकाश थापा, रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका धर्मी मल्ल, जयकुमार रिजाल, सरोजचन्द्र शाही, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका रमेश विष्ट, कोहलपुरका शेरबहादुर खत्री, सप्तरीका हिरनजित यादव छन्। घाइतेहरु रेम्बो पुन र आस्या वलीको ठेगाना खुलेको छैन।

प्रतिकृया दिनुहोस्