RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२२ गते
५९३ पटक

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८५ पुगेको छ ।

शुक्रबार मृत्यु हुनेमध्ये ३ जना महाराष्ट्र राज्यका छन् । दिल्ली र तेलाङ्गनामा २, २ जनाको मृत्यु भएको छ । हरियाणा, आन्द्र प्रदेश, मध्य प्रदेश, कर्नाटका तथा गुजरातका एक, एक जनाको मृत्यु भएको छ ।

भारतमा संक्रमितको संख्या ३ हजार ८२ पुगेको छ । शुक्रबारमात्र त्यहाँ ५०२ जना नयाँ संक्रमित भेटिएका छन् । शुक्रबार भेटिएका संक्रमितमध्ये २८० जना नयाँदिल्लीस्थित बंगलेवाले मस्जिदको धार्मिक सभामा सहभागी भएका वा उनीहरूको सम्पर्कमा आएका व्यक्ति रहेका छन् ।

प्रतिकृया दिनुहोस्