RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२९ गते
८०१ पटक

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको आव्हानमा कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको लागि प्रदेशस्तरीय सर्वदलीय वैठक सम्पन्न भएको छ ।

‘कोरोना नियन्त्रणका लागि प्रदेश सरकार गम्भिरताका साथ लागिपरेको छ,’ ‘मुख्यमन्त्री शाहीले भने’,  ‘कर्णाली सरकारले नेपालमै पहिलो पटक कर्णाली प्रबेश नाकाहरुमा हेल्थ डेक्स स्थापना गरेर स्वास्थ्य जाँच तथा आगमनलाई कडाई गरेको हुनाले र क्वारेन्टाईन निर्माण, विपद व्यवस्थापन कोषको स्थापना, जिल्ला विपद व्यवस्थापन कोष र स्थानीय तहलाई वजेटको व्यवस्थापन, आईशोलेशन अस्पत्तालको व्यवस्थापन गरेको हुनाले प्रदेश अहिले सम्म खतरामुक्त रहेको छ, ।’

‘स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरक्षा सामाग्रिको व्यवस्थापन, कोरोना नियन्त्रण कार्यमा खटिएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका लागि प्रोत्साहन भत्ता व्यवस्था, स्थानीय तहको सहकार्यमा दैनिक ज्यालामजदुरीमा जिविका चलाउने विपन्न नागरिकहरुका लागि खाद्यसामाग्रिको व्यवस्था लगायतका कामहरु सरकारले गरिहेको छ ।

राहात वितरण तथा विरामीहरुको उपचार, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई आवश्यक सहयोग तथा समन्वयका लागि राजनैतिक दलका सम्वन्धित तहका ईकाईहरुको परिचालनका लागि राजनैतिक दललाई आग्रह गरे ।

वैठकमा वोल्दै नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्माले सरकारलाई जनताको साथ रहेको वताउदै ढुक्कका साथ कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका काममा लाग्नको लागि सरकारलाई आग्रह गरेका थिए  ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पुर्वमन्त्री हृदयराम थानीले सुपर पावर भनिएका देशहरु समेत कोरोना संकटवाट पार पाउन नसकेको वताउदै साधनस्रोत तथा प्रविधिमा कमजोर रहेको हाम्रो जस्तो मुलुकमा सरकार, राजनीतिक दल तथा जनता एकतावद्ध भएर जानुको विकल्प नभएको वताएका थिए ।

कोरोना नियन्त्रणका लागि प्रदेश सरकारलाई सहयोग गर्न आफनो पार्टीले पूर्णरुपमा तयार रहेको वताउदै थानीले कोरोना परिक्षण कार्यलाई तिव्रता दिन थानि सुझाव दिए  ।

मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा वसेको सर्वदलीय वैठकमा प्रदेश सरकारका मन्त्रीहरुले कोरोना रोकथामका लागि मन्त्रालयले अहिलेसम्म गरेका कामकारवाहीहरु र आगामी योजनाको विषयमा जानकारी गराएका थिए ।

वैठकमा नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश समितिका सचिव मायाप्रसाद शर्मा, नेपाली काँग्रेसका केन्द्रीय सदस्य हृदराम थानी, नेकपाका केन्द्रीय सदस्य एवं सुर्खेत जिल्ला ईन्चार्ज नरवहादुर विष्ट, नेपाली काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मी, राप्रपा कर्णाली प्रदेश उपप्रमुख सुर्य खत्री, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश ईन्चार्ज रत्नविक्रम राना, नेपाल मजदुर किसान पार्टीका हरिवहादुर वोहोरा लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस्