RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/२९ गते
५३६ पटक

काठमाडौं। जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेबाट जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । सरकारले जारी गरेको लकडाउन पनि जेठ ५ गते समाप्त हुँदैछ । सोमबार मात्र यशोधरा गाउँपालिकामा ८ जना र बुद्धभूमि नगरपालिकामा २ गरी १० जना कोरोना संक्रमित भेटिएपछि थप सर्तकता अपनाउँदै सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए ।

मानिसको आवतजावत, उद्योगधन्दा, निर्माणको काम तथा व्यापार व्यवसायमा पनि रोक लगाइएको छ । खाद्यान्न र तरकारी किन्नका लागि बिहान ७ देखि ९ बजेसम्मको समय दिइएको छ ।

स्थानीय प्रशासन ऐन २०२८ को ६(३) क र संक्रामक रोग ऐन दफा २० बमोजिम जिल्लाभित्र साधन सवारी, उद्योग, निर्माण कार्यमा पूर्ण रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेश उल्लंघन गरेको पाइएमा उल्लेखित कानून बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

कपिलवस्तुमा सोमबारसम्म कोरोना संक्रमितको संख्या १५ पुगेको छ । १५ जना संक्रमित नै लुकिछिपि भारतबाट नेपाल प्रवेश गरेका थिए।

प्रतिकृया दिनुहोस्