RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/४ गते
५३५ पटक

बागमती प्रदेशका जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. नारायण कार्कीलाई दुर्व्यवहार गर्ने एक जना पक्राउ परेका छन् । उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुंगामा खटिएका युवा स्वयंसेवीले चिकित्सक कार्कीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चन्द्रागिरि निवासी उत्तम कार्की रहेका छन् । काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले उनलाई पक्राउ गरिएको पुष्टि गर्नुभयो ।

दुर्व्यवहार गर्ने कार्कीको कुनै पनि परिचय पत्र नरहेको समेत खुलेको छ । उनीहरुले प्रहरीकै अगाडि कार्कीको खनतलासी लिदै फेसबुकबाट लाइभ समेत गरेका थिए । गृह मन्त्रालयले प्रहरीबाहेक कसैलाई पनि खानतलासी गर्ने अधिकार नभएको स्पष्ट पारिसकेको छ ।

प्रतिकृया दिनुहोस्