RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/६ गते
७५३ पटक

काठमाडौं । नेपालमा थप २७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २७ जना संक्रमित थएिको बताए। योसँगै संक्रमितको संख्या ४०२ जना पुगेको प्रवक्ता देवकोटाले जानकारी दिए । थपिएकामध्ये २४ जना पुरुष र ३ जना महिला रहेका छन्।

मन्त्रालयका अनुसार काठमाडौंमा ३, भक्तपुर र ललितपुरमा एक/एक जना संक्रमित थपिएका छन्। त्यस्तै, झापामा ९, मोरङ १, सुनसरी १, सर्लाही २, मकवानपुर १, रामेछाप १, सिन्धुली १, लम्जुङ १, कपिलवस्तु ४ र नवलपरासीमा १ गरेर २७ जना नयाँ संक्रमित थपिएका हुन्।प्रवक्ता देवकोटाका अनुसार थपिएका कोरोना संक्रमित १७ देखि ४२ वर्ष उमेरका छन् ।

संक्रमित मध्ये ३४० जना पुरुष र ६२ जना महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिए। उनीहरु सबैको परीक्षणमा आएका व्यक्तिको खोजी सुरु भएको पनि प्रवक्ता देवकोटाको भनाइ छ ।

 

प्रतिकृया दिनुहोस्