RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/८ गते
९२ पटक

काठमाडौं । आन्तरिक एवं बाह्य उडान जेठ मसान्तसम्म बन्द गर्ने निर्णय गरिएको छ । बुधबार बसेको कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले जेठ मसान्त (१४ जुन)सम्म उडान बन्द गर्ने निर्णय गरेको हो ।

१४ जुनसम्म आन्तरिक र बाह्य उडान बन्द गर्ने समितिको निर्णय आएको नेपाल नागरिक उड्डयनप्राधिकरका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । तर, पछिल्लो केही दिनयता कोराना संक्रमितको संख्या बढेपछि उडान थप बन्द गर्ने निर्णय गरिएको छ ।

प्रतिकृया दिनुहोस्