RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१० गते
५३० पटक

जेठ १० । आज बिहान एक जना वडाध्यक्ष र एक जना पत्रकारसहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या ७७ पुगेको हो।

शुक्रबार पनि दुई जना पत्रकारमा कोरोना संक्रमण देखिएको थियो। स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शनिबार थपिएका आठ जनामध्ये छ जना वाणगंगा नगरपालिका र दुई जना बुद्धभूमि नगरपालिका निवासी रहेका छन ।

उनीहरू कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ८, ३, ११, ५, १० का एकएक जना २५, १९, ४२, ४० र ३५ वर्षका पुरुष रहेका छन् भने वडा नम्बर ६ का २७ वर्षीय महिला छन । बुद्धभूमि नगरपालिका वडा नम्बर ४ का २२ वर्षका पुरुष र १७ वर्षकी महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ।

उनीहरुको जेठ ४ र ५ गते वाणगंगा नगरपालिका स्थित सिद्धार्थ क्याम्पस बुङचीबाट स्वाब संकलन गरिएको थियो । वडाअध्यक्ष र पत्रकार बाहेक अरु ६ जना भारतबाट आएका हुन । कपिलवस्तुमा भारतबाट आएका व्यक्तिसँगै स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको हो। कपिलवस्तुमा जनप्रतिनिधि र पत्रकारसहित कोरोना भाइरस (कोभिड १९) संक्रमित हुनेको संख्या ७७ पुगेको छ।

प्रतिकृया दिनुहोस्