RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१० गते
७८२ पटक

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री माननिय महेन्द्रबहादुर शाहीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाइ जिल्ला प्रहरी कार्यालय सुर्खेतमा पठाउनु भएको छ ।

विश्वभरी फैलीएको कोरोना भाइरस कोभिड(१९ ले आतंकित पारीरहेको बेला र बिश्व भरिकाना नागरिकहरुमा दुख थपिएको छ सबैलाइ सुरक्षित हुनका लागी आवहान भएको बेलामा आफ्नो सुरक्षामा खटिएका सुरक्षा कर्मीलाइ मेरो सुरक्षा गर्नु भन्दा अहिले कर्णालीका जनतालार्इ सुरक्षा दिनु मेरो प्रमुख काम भएकोले सम्पुर्ण कर्णालीबासीको सुरक्षामा ध्यान दिनुहोस भन्दै सुरक्षाकर्मीलाइ जिल्ला प्रहरी कार्यालयमा पठाइयको मुख्यमन्त्री शाही निकट स्रोतले जानकारी दिएको छ।

मुख्यमन्त्री शाही निकट स्रोत भन्छ उहाँले देश र जनताको सेवा गर्नु मेरो पहिलो कर्तव्य भएको र देश र जनताहरु नै असुरक्षित भइरहेको बेला म मात्रै सुरक्षाको घेरामा बस्नु त्यति सोभनिय नभएका कारण सो कदम चाल्नु भएको हो , म भन्दा पनि कर्णालीका बस्तीमा भएका जनताहरुलाइ स्वास्थ्य, शिक्षा, शान्ति सुरक्षामा ध्यान पुर्याउनु, मलाइ गुन लगाउने जनताहरुलाइ गुनको पैंचो तिर्नु मेरो कर्तव्य हो ।

कर्णाली प्रदेश पनि जोखिममा रहेको सबैलाइ थाहा नै छ यहाँको चोक चोक गल्ली गल्लीमा भइरहेको लकडाउन उलङ्घनका तस्बिरहरु सामाजिक संजालबाट सार्बजानिक हुने समाचारहरु प्रकाशन प्रशारण हुनुले पनि त्यस तर्फ ध्यान केन्द्रित भयो मलाइ लाग्यो मैले त्यो सुरक्षा फौजलाइ यतैतिर होल्ड गरेर राख्नु भन्दा जिल्ला प्रहरी कार्यालयमा पठाए भने केही राहत हुने भएकाले प्र ना नि पदमबहादुर रोकायाको नेतृत्वमा रहेको १० जनाको टोली ८ गतेका दिन देखि लकडाउनको अवधि भरसम्मका लागि जिल्ला प्रहरी कार्यालय मा पठाइएको बताइएको छ ।

प्रतिकृया दिनुहोस्