RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१३ गते
५२६ पटक

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलिय बैठक आव्हान गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ पाँच बजे सर्वदलिय बैठक आव्हान गर्नुभएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले संसदमा प्रतिनिधित्व गर्ने सबै दल र पूर्वप्रधानमन्त्रीहरुलाई बोलाइएको जानकारी दिनुभयो ।

बैठकको एजेण्डाका विषयमा संविधान संशोधनका विषयमा छलफल हुने बताइएको छ । यसैगरी कोरोना महामारी रोकथाम र बजेटका विषयमा पनि छलफल हुने एक नेताले जानकारी दिनुभयो ।

 

प्रतिकृया दिनुहोस्