RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/१३ गते
५५४ पटक

कोरोना संक्रमण पुष्टि भएका १२ जना वीरेन्द्रनगर तथा भेरी नगरपालिका र सिम्ता गाउँपालिकाको रहेको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा.लक्ष्मीनाराण तिवारीले जानकारी दिनुभयो ।

संक्रमितहरुमा वीरेन्द्रनगर नगरपालिका १–३ र ६ वडाका ७ पुरुष र एक महिला, भेरीगंगा नगरपालिका दुई पुरुष र सिम्ता गाउपालिका ४ सुर्खेतका दुई पुरुष रहेको उहाँले बताउनुभयो ।

भारतबाट आएका उनीहरुलाई मंगलबार सुर्खेतको बबई, सुब्बाकुना नाका र घण्टाघरको खुलामञ्चबाट स्वाव लिई आरटी पिसिआर गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।

१२ जना सुर्खेतमै थपिएसँगै अब कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुगेको स्वास्थ्य सेवा महाशाखा सुर्खेतले जनाएको छ । यता कर्णाली प्रदेश अस्पतालका निर्देशक डा.डम्बर खड्काले पछिल्लो समय कर्णालीको अवस्था भवावह बन्दै गएको र समयमै बोर्डरमा क्वारेन्टाइनको जिम्मा नेपाली सेनालाई जिम्मा दिन नेपाल सरकारलाई आग्रह गर्नुभएको छ । पछिल्लो समय भारतबाट भित्रिएका व्यक्तिहरुमा संक्रमण देखिएको छ ।

 

प्रतिकृया दिनुहोस्