RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२३ गते
६८७ पटक

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको छ ।

प्रवक्ता डा. देवकोटाका अनुसार प्रादेशिक प्रयोगशाला बिराटनगरमा गरिएको परीक्षणमा १५ जनामा पोजेटिभ आएको छ। जसमा सुनरीका आठ जना, झापाका गौरादहका १ जना, मोरङ रतुवामाईका ६ जना रहेका छन्।

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा २२ जनामा पोजेटिभ आएको छ। जसमा अर्घाखाँचीका १, नवलपारसीका २, पाल्पाका १, रुपन्देही सैनमौनका १८ रहेका छन्। किट पतंग परीक्षण केन्द्र हेटौंडामा गरिएको परीक्षणमा सिन्धुलीका २ जनामा कोरोना देखिएको छ। त्यस्तै बाराकाको गढी गाउँपालिकाका २ जनामा पनि कोरोना देखिएको छ। यस्तै गण्डीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा द्द जनामा पोजेटिभ आएको छ । उनिहरु तनहुँका रहेका छन् ।

बीपी प्रतिष्ठान धरानमा १९ जना संक्रमित भेटिएका छन्। जसमा भोजपुरको षडानन्द नगरपालिकाका ५ जना छन्। त्यस्तै झापा गौरगिञ्जका १ जना छन्। सुनसरी हरिनगरा र बराहा क्षेत्रका १३ भेटिएका छन्। धनगढीको सेती अस्पतालमा ११ जना संक्रमित भेटिएका छन्। अछामको साफेबगराका १ जना, बझाङका १ जना, डडेलधुराको गन्यापधुराका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ। कैलाली धनगढीका ४ जना रहेका छन् ।

धुलिखेलमा गरिएको परीक्षणमा २२ जनामा संक्रमण देखिएको छ। जसमा रामेछापका १७ जना छन्। त्यस्तै काभ्रेको रोषी र पनौतीका ५ जनामा पनि संक्रमण पुष्टि भएको छ। कोशी अस्पतालमा १० जनामा संक्रमण देखिएको । जहाँ झापा कचनाकवलका सबै पुरुष संक्रमित भेटिएका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा ९७ जनाको पोजेटिभ आएको छ। जसमा दैलेखको दुल्लु र कालिकोटको महाबैका ९० जना रहेका छन्। त्यसैगरी जुम्ला चन्दननाथका तीनजना, हुम्ला चंखेली जुम्लामा कार्यरत १ जना, दोलखा स्थायी ठेगाना भइ जुम्लामा कार्यरत १ जना, रामेछाप घर भइ जुम्लामै कार्यरत १ जना, जुम्लामै कार्यरत गोरखाका १ जना रहेका छन्।

राप्ती विज्ञान प्रतिष्ठान दाङमा २ जनाको पोजेटिभ आएको छ। जसमा एकजना सुर्खेत र दाङ लमहीका एकजना छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७४ जनाको पोजेटिभ आएको छ। जहाँ बारा विश्रामपुरका १ जना, धनुषाका ४ जना छन्।

गुल्मी चन्द्रकोट स्थायी ठेगाना भइ काठमाडौंको निजी अस्पतालमा उपचाररत १ जना, कपिलवस्तु यशोधराका ४४ जना, कास्की स्थायी ठेगना काठमाडौंमा उपचाररत एकजना, महोत्तरी जलेश्वरका १७ जना र रौतहटको गुजरा क्वारेन्टाइनमा रहेका ६ जना रहेका छन्।

प्रतिकृया दिनुहोस्