RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२७ गते
५२२ पटक

बुटवल,जेठ २७ । रुपन्देहीको तिलोत्तमा नगरपालिका १० कान्छीबजारमा हत्या गरिएका पाँचै जनाको परिचय खुलेको छ । प्रहरीका अनुसार मृतक सवै स्थानीयबासी रहेका छन ।

तिलोत्तमा नगरपालिका १० का वडाध्यक्ष कृष्ण पुनको भैंसीफार्ममा काम गर्ने ती पाँच जनाको आज बिहानीपख सामूहिक हत्या भएको थियो । प्रहरीका अनुसार यसरी ज्यान गुमाउनेमा स्थानीय माधव मुसहर, पोखराज मुसहर, जानकी मुसहर, करण चौधरी र आशिश चौधरी रहेका छन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेम थापाका अनुसार हत्या गरिएको आशंकामा एक जनालाई पक्राउ गरिएको छ । फार्म नजिकै बेहोस अवस्थामा रहेका झपेन्द्र सिजालीलाई पक्राउ गरिएको थापाले जानकारी दिनुभयो । प्रहरीका अनुसार सिंजालीलाई अस्पताल पठाइएको छ । प्रहरी चौकी मंगलापुरबाट पुगेको प्रहरी टोलीले मुचुल्का उठाउने काम गरिरहेको छ । किन र कसरी हत्या गरियो भन्ने तथ्य अहिलेसम्म खुल्न सकेको छैन ।

प्रतिकृया दिनुहोस्