RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/३२ गते
५६१ पटक

काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एकै दिन थप ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार पछिल्लो २४ घण्टामा ३७५ जना पुरुष र ५० जना महिलामा संक्रमण देखिएको हो।

पछिल्लो पटक रुकुम पूर्वमा पनि कोरोना संक्रमित भेटिएका छन्। रुकुमपूर्वमा पनि कोरोनाको संक्रमण पुष्टि भएसँगै संक्रमित भेटिएका जिल्लाहरको संख्या ७३ पुगेको छ । नेपालमा आइतवारसम्म संक्रमितको संख्या पनि बढेर ५ हजार ७६० पुगेको छ। जसमा महिला ४३६ जना छन् भने पुरुष ५ हजार ३२४ जना रहेका छन्। त्यसैगरि निको भएर घर फर्किनेको संख्या पनि बढिरहेको छ।

आइतवारसम्ममा ९७४ जना संक्रमित कोरोना निको भएपछि घर फर्किएका गौतमले बताए। निको हुनेमा महिला ९७ जना र पुरुष ८७७ जना रहेका छन्। पछिल्लो २४ घण्टामा ६१ जना डिस्चार्ज भएका छन्। जसमा महिला ६ जना र पुरुष ५५ जना छन्।

प्रतिकृया दिनुहोस्