RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/१२ गते
१०७ पटक

काठमाडौं, असार १२ । कर्णाली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकसहित २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि प्रतिष्ठानका सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीको पीसीआर परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यसरी परीक्षण गरिएकोमा १ जना चिकित्सक, एक जना स्वास्थ्यकर्मी र अर्का एक जना अस्पतालमा भर्ना भएका बिरामी तथा परीक्षणका लागि आएका अन्य २२ जना गरी २५ जनामा कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डा मंगल रावलले जानकारी दिनुभयो ।

प्रतिष्ठानमा यसअघि ४ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै प्रतिष्ठानमा मात्रै ६ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ। डा रावलले उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितलाई अस्पतालकै आइसोलेसन वार्डमा राखिएको बताउनु भएको छ ।

प्रतिकृया दिनुहोस्