RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/३/१२ गते
५५४ पटक

पोखरा, असार १२ गते । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या बढदो क्रममा छ । शुक्रबार बिहान तनहु स्याङ्जा बागलुङ र नवलपुरमा गरी २५ जनामा संक्रमण पुष्टि भएको छ । यो सगै संक्रमितको संख्या ७९२ पुगेको छ ।

तनहुँको व्यास नगरपालिकाका दुई पुरुष, स्याङ्जाको कालीगण्डकीका एक पुरुष र बागलुङको बरेङ गाउँपालिकाका एक पुरुष, नवलपुरको गैंडाकोट नगरपालिकाका ७ पुरुष, कावासोती नगरपालिकाका १२ पुरुष र दुई महिलामा कोरोना पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणमा उनीहरु थपिएका हुन् । सबै जिल्लाका व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको स्वाथ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

गण्डकीमा बिहीबार साँझसम्म ९१ जना बिरामी निको भएर घर गएका छन् । प्रदेशमा हालसम्म दुई संक्रमितको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्