RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/२६ गते
५२६ पटक

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन स्थानीय बजारमा सुनको मूल्य घटेको हो ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार पाँच सय रुपैयाँमा कारोबार भएकोमा आइतबार ९ सय रुपैयाँले घटेर प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

शुक्रबार नेपाली बजारमा तेजाबी सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो । आइतबार चाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य आइतबार ५ रुपैयाँले बढेर एक हजार चार सय १० रुपैयाँ कायम भएको छ । चाँदीमा कायम भएको मूल्य अहिलेसम्म कै सर्वाधिक हो । बिहीबारको तुलनामा चाँदीको मूल्य शुक्रबार प्रतितोला ६० रुपैयाँले बढेर कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्