RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/२८ गते
५७४ पटक

बुटवल,साउन २८ गते । बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको छ । दुबैको आज बिहान मृत्यु भएको हो । मृतकमध्ये एक जना कोरोना संक्रमित भएको अर्का शंकास्पद संक्रमित ब्यक्ति हुन ।

मृतक दुबै जना कपिलवस्तु जिल्लाका भएको अस्पताल कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले बताउनुभयो । उहांका अनुसार मृतकमध्ये एक जना कपिलवस्तु नगरपालिका २ तौलिहवाका ४२ वर्षे पुरुष कोरोना संक्रमित हुनुहुन्छ । उहाँलाई साउन २५ गते कोरोना विशेष अस्पतालमा ल्याइएको थियो । अस्पतालमा ल्याए लगत्तै आसीयुबाट भेन्टीलेटरमा सारिएकोे थियो ।

उनको बिहान ४ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अर्का मृतक कपिलवस्तुको कृष्णनगर नगरपालिका १३ का २२ वर्षे युवा हुनुहुन्छ । उहाँलाई साउन २७ गते अस्पताल ल्याइएको थियो । गम्भीर अवस्था देखिएपछि उनलाई आइसीयु हुँदै उसैदिन भेन्टीलेटरमा राखिएको थियो । उहाँहरु भारतबाट आउनु भएको थियो । तर, उहाँको नतिजा आउन बाँकी छ । उहाँको बिहान ३ बजे मृत्यु भएको अस्पतालल जनाएको छ गोरखापत्र दैनिकबाट

प्रतिकृया दिनुहोस्