RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/४/३२ गते
१६७८ पटक

काठमाडौं ।  आइतबार रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १/१ रुपैंयाको दरले बढाएर पछिल्लो मूल्य समायोजन गरेको हो ।

नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैंया तथा डिजेल र मट्टितेलको ९१ रुपैंया कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ

भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएकोले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गर्नुपरेको आयल निगमले जनाएको छ ।

अझै पनि सीमावर्ती भारतीय बजार रक्सौल भन्दा वीरगञ्जमा पेट्रोल ३०.७१ रुपैंया र डिजेल ३७.२७ रुपैंया सस्तो रहेको निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्