RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/७ गते
९२३ पटक

काठमाडौं,  पछिल्लो २४ घण्टामा २ लाख ५२ हजार ४५३ जनामा संक्रमण पुष्टि भएपछि कुल संक्रमितको संख्या २ करोड ३३ लाख ७७ हजार ८०६ पुगेको हो । यस्तै एकै दिन थप ५ हजार १३५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर ८ लाख ८ हजार ५८८ पुगेको छ । संक्रमितमध्ये १ करोड ५९ लाख ४ हजार २८८ जना संक्रमण मुक्त भएका छन् ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ११२ जनाको मृत्यु भएको छ । ३३ लाख ३४ हजार ७३० जना संक्रमित भएकोमा १९ लाख ७८ हजार ७८२ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ५८ हजार ७१० जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६९ लाख २ हजार १०२ पुगेको छ । त्यसमध्ये ३८ लाख ६१ हजार ३७८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा १ लाख २८ हजार ९०८ जनाको मृत्यु भएको छ । ६२ लाख १५ हजार २५६ जना संक्रमित भएकोमा ४८ लाख ८५ हजार ६७३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ८७ हजार ४७३ जनाको मृत्यु भएको छ । ५७ लाख ५ हजार ६५८ जना संक्रमित भएकोमा ४२ लाख ४८ हजार १०५ जना संक्रमणमुक्त भएका छन् । संक्रमितमध्ये ९ लाख २ हजार ७७७ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिकृया दिनुहोस्