RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१० गते
१०५५ पटक

काठमाण्डौं । रकुम पश्चिमका जनप्रतिनिधिहरुले सिन्धुपाल्चोक लिदीका पहिरोपीडितहरुको लागि १ लाख सहयोग उपलब्ध गराएका छन् । रुकुम पश्चिमका सांसद तथा पूर्वगृहमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाका सभामुख तथा सिन्धुलपाल्चोकका संघीय सांसद अग्नीप्रसाद सापकोटालाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

‘रुकुम (पश्चिम) जिल्लाका पालिका प्रमुखहरु, जिल्ला समन्वय प्रमुख, प्रदेश र संघीय सांसदका जनप्रतिनिधिहरुको तर्फबाट सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदिका पहिरो पिडितहरुको लागि सहयोग रु. एक लाख (१,००,००००/–) सिन्धुपाल्चोकका जनप्रतिनिधि तथा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटालाई हस्तान्तरण गरियो ।’ पूर्वगृहमन्त्री शर्माले जानकारी दिनुभयो ।

गत साउन ३० गते विहान ६ः३० बजे झरेको पहिरोमा परी ३९ जनाको ज्यान गएको थियो भने २९ घर विस्थापित भएका थिए । विभिन्न संघसंस्थाले पीडितलाई राहत उपलब्ध गराउने क्रम जारी रहेको छ । सरकारले उक्त क्षेत्रका पीडितलाई अन्यत्र स्थान्तरणको व्यवस्था मिलाएको छ ।

प्रतिकृया दिनुहोस्