RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/५/१४ गते
५७१ पटक

काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार ७१७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा।गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप २६७ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या २० हजार ८२२ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ५१८ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ७ हजार ७९७ जना रहेका छन्। मन्त्रालयका अनुसार काठमाडौंै जिल्लामा ३७२ जना, ललितपुरमा १२ जना र भक्तपुरमा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको ।

प्रतिकृया दिनुहोस्