RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/९ गते
५५५ पटक

काठमाडौं । लोक सेवा आयोगले कोरोना महामारी रोकथामका लागि सरकारले जारी गरेको लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ ।

शुक्रबार आयोगले एक सूचना निकाल्दै, शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदहरुको परीक्षा तालिका सार्वजनिक गरेको हो । आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्तिक १८, १९ र २० गते हुने छ ।

यस्तै, व्यवस्थापिका संसदतर्फ (आन्तरिक प्रतिस्पर्धा) को पहिलो पत्रको परीक्षा कात्तिक २१ गते र दोस्रो पत्रको परीक्षा कात्तिक २२ गते हुने छ। यसैगरी परराष्ट्र, प्रशासन, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कात्तिक २३ गतेदेखि सुरु हुने छ ।

नायब सुब्बा पदको द्वितीय पत्रको परीक्षा मंसिर ७ गते हुने छ । तृतीय पत्रको परीक्षा मंसिर ८, ९, १० र ११ गते तोकिएको छ । परराष्ट्रतर्फ अंग्रेजी र कूटनीति विषयको परीक्षा भने मंसिर १२ गते हुने आयोगले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्