RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२१ गते
४८४ पटक

काठमाडौँ । जाजरकोटको जुनीचाँदे गाउँपालिका–१ औलभीरमा जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । गाउँपालिकाका सूचना अधिकारी जयराम घर्तीका अनुसार जुनीचाँदे वडा नम्बर ११ का वडाध्यक्ष अमरबहादुर शाहीको पनि मृत्यु भएको छ ।

त्यस्तै दुर्घटनामा स्थानीय खेमराज शाही, कृतिबहादुर शाही, कृष्णबहादुर शाही र मालिका बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । दुर्घटनामा एकजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा २ जना बेपत्ता छन् । बेपत्ताको सनाखत हुन नसकेको प्रहरीको भनाइ छ । घटनास्थलमा घाइतेको उद्दार र बेपत्ताहरुको खोजी कार्य भइरहेको छ ।

गाउँपालिकाको कार्यपालिकाको बैठकका लागि सदरमुकाम खलंगादेखि परालेतर्फ जाँदै गरेको अध्यक्ष शाहीसहित सवार भे १ ज ९३५ नम्बरको जिप दुर्घटनामा परेको हो ।

प्रतिकृया दिनुहोस्