RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/६/२४ गते
५६७ पटक

पर्वत र बागलुङ जिल्लाको चालु आर्थिक वर्षको कृषि बजेट १७ करोड ३९ लाख ८ हजार रुपैयाँँ रहेको छ । पर्वत र बागलुङ जिल्ला कार्यक्षेत्र रहेको कृषि ज्ञान केन्द्र पर्वतले बिहीबार एक कार्यक्रमको आयोजना गरी चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको हो । जसमध्ये पुँजीगत बजेट ४ करोड १६ लाख र चालु बजेट १३ करोड २३ लाख ८ हजार रहेको छ ।

कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीका अनुसार संघीय सरकाररबाट ४ करोड ८० लाख ५५ हजार रुपैयाँँ विनियोजन भएको छ भने प्रदेश सरकार अन्तर्गत १२ करोड ५८ लाख ५३ हजार रुपैयाँँ विनियोजन भएको छ ।
उक्त बजेटमध्ये साना तथा आधुनिक सिँचाइमा ४ करोड रुपैयाँ विनियोजन गरिएको छ । यो चालु आर्थिक वर्षको सबैभन्दा ठूलो कार्यक्रम रहेको छ । त्यसैगरी च्याउ घर निर्माणमा सहयोगका लागि ३ लाख ५० हजार, कृषि यन्त्र प्रदर्शनीका लागि औजार उपकरण खरिदमा ५ लाख, पुस्तकालय र डिजिटल डिस्प्ले खरिद र जडानका लागि १ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ ।
कार्यालयका अनुसार साना व्यावसायिक कृषि फर्म स्थापना तथा विस्तारका लागि २ करोड १६ लाख, स्थानीय कृषि उपज बिक्री केन्द्र स्थापना गर्न ३ लाख ७५ हजार, ग्रीन हाउस निर्माणमा ९६ लाख, कृषि यान्त्रिकरण अनुदानमा वितरण गर्न २१ लाख, आलु खेती प्रवद्र्धन कार्यक्रमका लागि १५ लाख रुपैयाँ विनियोजन गरिएको छ । दुवै जिल्लामा रैथाने बाली संरक्षण कार्यक्रमका लागि २५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यो गत वर्षदेखिनै सुरु भएको कार्यक्रम हो ।
त्यसैगरी उन्नत कृषि प्रविधि प्रदर्शन कार्यक्रमका लागि ३५ लाख, मूल्य श्रृंखलामा आधारित परियोजनाका लागि ५० लाख रुपैयाँ छुट्टाइएको छ । कार्यालयले बीउ उत्पादक कृषकलाई अनुदानमा बीउ तथा सामग्री सहयोग गर्न १० लाख, फलफूल नर्सरी तथा श्रोत केन्द्र स्थापना गर्न १० लाख, कृषि उपज केन्द्रलाई यन्त्र उपकरण खरिद गर्न २५ लाख र मकै भट्टमास र चैते धान खेती विस्तार र प्रवद्र्धन गर्न २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
व्यावसायिक फलफूल खेती गर्नेलाई विरुवा र आवश्यक कृषि सामग्री वितरण गर्न ४० लाख, तरकारी खेतीमा प्रोत्साहन गर्न ३० लाख, बाली बिमा शुल्कमा अनुदान दिन १२ लाख ५० हजार र घर घरमा प्राङ्गारिक मल उत्पादन गर्न अनुदानका लागि १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिए ।
त्यसैगरी ग्रामीण क्षेत्रमा करेसाबारी तथा घर बगैंचा सहयोग कार्यक्रमका लागि ५० हजार, कृषक राहत तथा मागमा आधारित कार्यक्रमका लागि ६ लाख ३५ हजार, प्राविधिक अनुगमनका लागि ३ लाख ७२ हजार तथा समन्वय तथा गोष्ठीका लागि ६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
त्यसैगरी संघीय सरकारबाट प्राप्त बजेट अन्तर्गत नयाँ व्यावसायिक कृषि प्रवद्र्धन केन्द्रका विकास कार्यक्रम सञ्चालन गर्न १ करोड ४० लाख, पुराना व्यावसायिक कृषि उत्पादन केन्द्र ब्लक कार्यक्रमको निरन्तरताका लागि १ करोड ९५ लाख, समुह वा सहकारीका लागि खुला जमिनमा प्राङ्गारिक अनुदानका वितरण गर्न २० लाख ३६ हजार, एकल फर्मका लागि ४२ लाख ४१ हजार, जैविक खेती उत्पादनका लागि प्लाष्टिक घर विस्तार अनुदान ४५ लाख ७६ हजार र कृषि उपजको बजार प्रवद्र्धनका लागि ८ लाख ६० हजार रुपैयाँ विनियोजन गरिएको छ ।

बजेट तथा सार्वजनिक कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बी पौडेलले प्रदेश र संघबाट आएका कार्यक्रमहरु वास्तविक कृषकसम्म पु¥याउनुपर्नेमा जोड दिए । ग्रामीण क्षेत्रमा रहेका वास्तविक कृषकहरु अहिलेपनि राज्यका सेवा सुविधाबाट बञ्चित रहेको बताउँदै टाठवाठालाई मात्र नभई जीवनयापनका लागि संघर्ष गरिरहेकाहरुसम्म पहुँच पु¥याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य गुप्तबहादुर हमालले पनि दोहोरोपना नहुने गरी कृषकहरुसम्म राज्यका सेवा सुविधा पु¥याउन कर्मचारी र जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्