RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/१६ गते
६८६ पटक

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुलाई धरौटी शुल्क नलिई कोभिड-१९ का बिरामीको उपचार गर्न निर्देशन दिएको छ ।

आइतबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धरौटी माग्ने सबै अस्पतालहरूलाई स्पष्टिकरण सोधिएको जानकारी दिए। उनले सक्नेसँग शुल्क लिने र नसक्नेसँग निस्शुल्क उपचार गर्ने मन्त्रालयको निर्णय यथावत् रहेको पनि जनाए।

सरकारी निर्देशन अनुसार भन्दै विभिन्न सरकरी अस्पतालले सूचना नै प्रकाशन गरी धरौटी रकम माग गरेपछि मन्त्रालयले आज यस्तो निर्देशन दिएको हो । उपत्यका तथा उपत्यका बाहिर रहेका सबै सरकारी अस्पतालहरुले कोरोनाको उपचार गर्न धरौटी रकम राख्नुपर्ने भन्दै सूचना प्रकाशन गरेका थिए ।

सरकारले आफै उपचार गराउन सक्नेसँग शुल्क लिन नसक्नेको निःशुल्क उपचार गर्न निर्देशन दिएको पनि मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए ।

प्रतिकृया दिनुहोस्