RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/७/१७ गते
७८६ पटक

काठमाडौँ – देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहे पनि पहाडी क्षेत्रमा स्थानीय वायुको प्रभावका कारण आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

अहिले प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली भएको छ । अरु क्षेत्रको मौसम भने सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।

सोमबार दिउँसो प्रदेश १ र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ। यस्तै बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्र तथा प्रदेश २ मा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र कर्णाली प्रदेशका थोरै स्थान तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

यस्तै राति प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १ र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रतिकृया दिनुहोस्