काठमाडौं। पछिल्लो २४ घन्टामा दुई हजार सात ३६ जनामा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १२ हजार ६९० जनाको पिसिआर परीक्षण गर्दा एक हजार ५९ महिला र एक हजार ६७७ पुरुषमा सङ्क्रमण देखिएको हो। नयाँ सङ्क्रमितसंगै नेपालमा अहिलेसम्म एक लाख ९९ हजार ७६० जना पुगेको छ । तीमध्ये ३४ प्रतिशत अर्थात ६६ हजार ९४५ जना महिला र ६६ प्रतिशत अर्थात एक लाख ३२ हजार ८१५ जना पुरुष रहेका छन्।
आज देखिएकामा प्रदेश नं १ का २५३ जना, प्रदेश नं २ का ९८ जना, वागमति प्रदेशका एक हजार ७८८ जना, गण्डकी प्रदेशका २०९ जना, लुम्विनी प्रदेशका २७९ जना, कर्णाली प्रदेशका १३ जना र सूदुरपश्चिम प्रदेशका ९६ जना रहेका छन् । अहिलेसम्म सक्रिय सङ्क्रमित ३८ हजार ३५ जना रहेका छन् ।
निको हुने दर असी प्रतिशत
आजको सो विवरणमा आठ सय ५३ जना आज सङ्क्रमणबाट निको भइ घर फर्किसकेका छन । अहिलेसम्म एक लाख ६० हजार ५७७ जना निको भइर घर फर्किका छन । नेपालमा निको हुने दर ८० प्रतिशत रहेको छ । यस्तै उपत्यकामा आज एक हजार ४२० जनामा सङ्क्रमण देखिएको छ । तीमध्ये ६०३ जना महिला र ८१७ जना पुरुष रहेका छन ।
२२ जनाको निधन
यस्तै आज २२ जनाको सङ्क्रमणबाट निधन भएको छ । अहिलेसम्म एक हजार १४८ जनाको सङ्क्रमणबाट निधन भइसकेका छन । मन्त्रालयको तथ्याङ्क अनुसार सङ्क्रमितमध्ये मृत्यु दर ०.६ प्रतिशत रहेको छ । प्रति दश लाखमा ३९.३ जनाको निधन भएको मन्त्रालयले जनाएको छ। यसैगरी सङ्क्रमितमध्ये ४०४ जना सघन उपचार कक्ष (आइसियु) र ९६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
तीमध्ये आइसियुमा प्रदेश नं १ का ४५ जना, प्रदेश नं २ का १२ जना, वागमति प्रदेशका १८४ जना, गण्डकी प्रदेशका ७६ जना, लुम्बिनी प्रदेशका ६२ जना, कर्णाली प्रदेशका आठ जना र सुदूरपश्चिम प्रदेशका १७ जना रहेका छन्। यस्तै भेन्टिलेटरमा प्रदेश नं १ का १५ जना, प्रदेश नं. २ का दुई जना, वागमति प्रदेशमा ५८ जना, गण्डकी प्रदेशका १५ जना र लुम्बिनी प्रदेशका छ जना रहेका छन्।
यस्तै पाँच सय भन्दा बढी सङ्क्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पूर्व), दाङ, रुपन्देही र कैलाली रहेका छन्। शून्य सक्रमित रहेको एकमात्र जिल्ला मनाङ रहेको छ। क्वारेन्टिनमा एक हजार ५८ जना र होम आइसोलेसनमा २९ हजार ७३४ जना रहेका छन्।