RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/९/३ गते
७६५ पटक

गृह मन्त्रालयले आज १८ जना सिडिओको सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाले सहसचिव र उपसचिव गरी १८ जना सिडिओको सरुवा गर्नुभएको हो । ललितपुरमा गृह मन्त्रालयबाट ढुण्डीप्रसाद निरौला प्रमुख जिल्ला अधिकारीको रुपमा पठाइएको छ । ललितपुरका नारायणप्रसाद भट्ट वागमती प्रदेशको सचिव हुनुभएको छ ।

त्यस्तै धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमली महोत्तरीमा सरुवा हुनुभएको छ । धनकुटामा गृहबाट बासुदेव दाहाल सिडिओका रुपमा पुग्नुभएको छ । यता रामेछापको रुद्रादेवी शर्माको गुल्मी सरूवा भएको छ भने पाँचथरका अर्जुनकुमार शर्मा रामेछापको सिडिओ बन्नुभएको छ ।

खोटाङका शालिग्राम शर्मा पौडेल गृह मन्त्रालय तानिनुभएको छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी (उपसचिव) कृष्णबहादुर कटुवालको कारागार झुम्का, वसन्तराज पुरीको इलाका प्रशासन कार्यालय इटहरी, पुण्य ढकाल पाँचथर पुग्नुभएको छ ।

प्रतिकृया दिनुहोस्