RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/६/२१ गते
७०१ पटक

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबारसम्म देशभर ६४ लाख १९ हजार ४८० नागरिकले पूर्ण मात्रा खोप लगाएका हुन्।आगामी असोज मसान्तसम्म कूल जनसंख्याको ३३ प्रतिशत नागरिकलाइ खोप लगाउने स्वास्थ्य मन्त्रालयले योजना बनाएको छ। २ करोड ६५ लाख नागरिकलाई कोरोनाविरुद्ध पूर्ण खोप लगाइसक्ने सरकारको लक्ष्य छ।

शुक्रबारदेखि काठमाडौं महानगरले पर्व लक्षित कोभिड १९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ। काठमाडौं महानगरपालिका जनस्वास्थ्य विभागका अनुसार १८ वर्ष माथिका सबै नागरिकलाई ३२ वटै वडाबाट खोप दिइनेछ।

जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले भने, ‘स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने गराउने अनुरोधसँगै १८ वर्ष माथिका सबैका लागि ३ दिने खोप कार्यक्रम चलाउन लागेका हौं।’

कुँवरका अनुसार खोप लिन विद्युतीय दर्ता गरेर फोटो भएको परिचय पत्रसहित खोप केन्द्र जानुपर्नेछ। महानगरका ३२ वटा खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, महाराजगञ्ज, वीर अस्पताल, निजामति कर्मचारी अस्पताल, बानेश्वर, परोपकार प्रसुति तथगा स्त्रीरोग अस्पताल, थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट पनि खोप लिन सकिनेछ।

प्रतिकृया दिनुहोस्