RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/२८ गते
६१६ पटक

नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि ७३ जिल्लामा प्रतिनिधि चयन भएका छन् । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले ७३ जिल्लामा सर्वसम्मतले प्रतिनिधि चयन भएको जानकारी दिए ।

तामाङका अनुसार जन संगठन र विशेष कमिटीका प्रतिनिधि चयन सकिएको छ भने केन्द्रीय कार्यालय र विभागमा भने बाँकी रहेको छ। आज साँझसम्म बाँकी पनि चयन हुने तामाङको भनाइ छ ।

चितवनमा हुने महाधिवेशनका लागि एमालले १ हजार ९ सय ९९ प्रतिनिधि हुने निर्णय गरेको छ । केन्द्रीय कमिटी र केन्द्रीय आयोगका पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने छन् ।

प्रतिकृया दिनुहोस्