RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/७/२९ गते
४६६ पटक

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा एमालेले सदस्यता नवीकरणदेखि स्थानीय पालिका र महाधिवेशन प्रतिनिधि छनोटको काम सकेको छ । १० जिल्लाका ७९ वटा स्थानीय तह रहेको कर्णालीमा एमालेले ६२ हजार १४२ जनालाई सदस्यता वितरण/नवीकरण गरेको छ ।

एमाले प्रदेश कमिटीका अनुसार कालिकोटमा ७ हजार ३२७, सल्यानमा ३ हजार ७, हुम्लामा ४ हजार ८२७ पार्टी सदस्य छन् । डोल्पामा ५ हजार ५८६, जाजरकोट ४ हजार ८८८, जुम्लामा ३ हजार १९६, सुर्खेतमा १२ हजार ९०, मुगुमा ४ हजार ८८९, रुकुम पश्चिममा ३ हजार १२१ र दैलेखमा १३ हजार २१४ जना सदस्य रहेको एमाले कर्णाली प्रदेश कमिटीले जनाएको छ ।

एमाले प्रदेश कमिटीका अध्यक्ष गोरख बोगटीका अनुसार  ७९ वटा स्थानीय तहमध्ये दुई/चारवटा बाहेक सबै पालिकाको पदाधिकारी छनोट गर्ने काम सकिएको छ ।  यस्तै महाधिवेशन प्रतिनिधि छनोट गर्ने काम पनि अन्तिम चरणमा रहेको उनले जानकारी दिए ।

को–को चुनिए महाधिवेशन प्रतिनिधि?

नेकपा एमाले कर्णाली प्रदेशका सह–इञ्चार्ज गुलाबजङ् शाहका अनुसार महाधिवेशन प्रतिनिधि चयन गर्ने कुरा पनि अन्तिम चरणमा रहेको छ । केही ठाउँमा सर्वसम्मत चयन गर्ने काम भयो भने केही ठाउँहरूमा विवाद भएको देखिन्छ। मुगुमा केही विवाद देखिएकाले समाधान गर्ने प्रयास भइरहेको छ।

उनका अनुसार कर्णालीबाट १२२ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

जस अनुसार सबैभन्दा धेरै दैलेखबाट २३ जना, सुर्खेतबाट २२, कालिकोटबाट १४, जाजरकोटबाट ९, हुम्लाबाट ११,  सल्यानमा ८, रुकुमपश्चिम र जुम्लाबाट ७/७, डोल्पाबाट १० जना र मुगुबाट ११ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

कुन जिल्लाबाट को बने महाधिवेशन प्रतिनिधि ?

सुर्खेत जिल्ला–

ध्रुव कुमार शाही, खड्क खत्री, खड्ग घर्ती, डण्डी शर्मा, बोधविक्रम जिसी, शान्ति छन्तेल, कोकिला सिंह, चन्द्रकला बिसी, कुलमणि देवकोटा, अमृत बिसी, नवराज रावत, गंगा दाहाल, गंगाराम तिमिल्सिना, नन्दराम अधिकारी, मोहनमाया ढकाल, निर्मला राना, नन्दा गुरुङ, तेजकुमार विक, गगनसिंह सुनार, राजु गुइदेल नेपाली, सुशीला विश्वकर्मा र लक्ष्मी विक ।

कालिकोट जिल्ला–

नगेन्द्र शाही ‘नेशनल’, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र वोगटी, टेकबहादुर बुढा, वकिल बम, पार्वती सिंह, तारा शाही, नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली ।

जाजरकोट जिल्ला–

करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, बेदबहादुर शाही, सीपी घर्ती, प्रेमप्रसाद घर्ती, कौशिलावती खत्री, हरिकला जैशी र नवेन्द्र नेपाली ।

हुम्ला जिल्ला–

दल रावल, दल फडेरा, ज्ञामी बुमी, कलबहादुर हमाल, डबल रावत, पूर्णप्रसाद ढकाल, सौमती ऐडी, रुपा शाही, नोरजंग तामाङ, सुनमती दमाई, कालिबहादुर नेपाली ।

सल्यान जिल्ला–

पुष्पाकुमारी बोहोरा, सञ्चिता कुमारी वली, जनक विक, गोविन्द कुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी, तिलक मल्ल ।

दैलेख जिल्ला–

रवीन्द्रराज शर्मा, मिनासिंह रखाल, रत्नबहादुर खड्का, विष्णु थापा,  प्रेमबहादुर थापा, तेजबहादुर चन्द, लोमन शर्मा, टोपबहादुर विसी, सुर्यकुमारी श्रेष्ठ, अमर नेपाली, गोपाल,  धीरबहादुर शाही, विनोद कुमार शाह, लक्ष्मीदेवी शाही, सुर्यबहादुर शाही, सर्वराज महतारा, रुद्रबहादुर शाही, गंगाराम दाहाल, विना कार्की, दयाराम विश्वकर्मा, गोमता विक, हिक्मत विक, विष्णु थापा ।

रुकुम पश्चिम जिल्ला–

टंकप्रसाद वली, नन्दराम देवकोटा, नारायण शाह, मनवीर घर्ती, तिर्था गौतम, चन्द्रबहादुर नेपाली र शशीराम नेपाली

जुम्ला जिल्ला

शान्तिलाल महत, बलबहादुर महत, रतननाथ योगी, टेकराज पछाई, मेनका पछाई, चुक्की शाही, रामबहादुर नेपाली ।

डोल्पा जिल्ला–

तुलाचन्द बुढा, विष्णु रोकाया, शेरबहादुर बुढा, नरबहादुर बुढा, पद्मी बोहोरा, चन्द्राकुमारी बुढा, लंकबहादुर शाही, लंकबहादुर रोकाया, सविता रोकाया, प्रेम विक ।

मुगु जिल्ला–

जितबहादुर मल्ल, दानसिंह परियार, डम्बरबहादुर रावल, राजबहादुर कार्की (राजु), डिल्लीप्रसाद भट्ट, कर्णबहादुर मल्ल, पुर्णबहादुर रोकाय, सोनाम छेजुम लामा, उब्वनबहादुर शाही,  कर्णशिला मल्ल, जुना विक ।

स्थानीय पालिकाको पदाधिकारीको विवरण यस्तो छः

एमाले प्रदेश कमिटीका अध्यक्ष गोरख बहादुर बोगटीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका कमिटीको अध्यक्षमा निलकण्ठ खनाल, लेखबेशीमा देवबहादुर राना, गुर्भाकोट देवबहादुर खत्री, पञ्चपुरीमा धनबहादुर थापा, भेरीगङ्गा नगरपालिकामा नरबहादुर थापा अध्यक्षमा चयन भएका छन् ।

यस्तै गाउँपालिकाहरुमा चौकुनेमा हरी अधिकारी, बराहतालमा हरिलाल सलामी, चिङ्गाडमा लोकबहादुर जिसी अध्यक्षमा चयन भएका छन् भने सीम्ता गाउँपालिकामा चयन हुन बाँकी रहेको बोगटीले जानकारी दिए ।

११ वटा स्थानीय तह रहेको दैलेखको नारायण नगरपालिकाको अध्यक्षमा चन्द्रप्रसाद उपाध्याय, दुल्लुमा हर्कबहादुर खड्का,  गुराँस गाउँपालिकामा हिमबहादुर वली, ठाटीकाँध गाउँपालिकामा कुमारविक्रम शाही, डुङ्गेश्वरमा नबहादुर बिक, भगवतीमाई नरेन्द्रबहादुर शाही र महावु गाउँपालिकामा मिनबहादु बुढा अध्यक्ष बनेका छन् ।

चामुण्डाबिन्द्रासैनी, आठबीस नगरपालिका, नौमुले गाउँपालिका र भैरवी गाउँपालिकाको विवरण आइसकेको छैन ।

यस्तै  जाजरकोट जिल्लाको छेडागाड नगरपालिकामा गणेश बहादुर थापा, नलगाडमा जनकबहादुर शाही, कुशे गाउँपालिकामा जयबहादुर बिक, बारेकोटमा भक्तबहादुर बस्नेत, शिवालयमा रंगनाथ योगी र जुनिचादे गाउँपालिकामा कृष्ण बहादुर शाही अध्यक्ष बनेका छन् ।

जुम्लाको चन्दनाथ नगरपालिकामा धर्मेन्द्र रोकाया, तिला गाउँपालिकामा धनसिंह बुढा, तातोपानीमा पुर्ण पाण्डे, हिमामा बीरबहादुर रोकाया, सिंजामा युवराज बम, पातारासीमा  विष्णु बुढा, कनकासुन्दरीमा प्रेम पछाई र गुठीचौर गाउँपालिकामा जङ्ग ब. महत अध्यक्ष बनेका छन् ।

यस्तै हिमाली जिल्ला मुगुका सबै पालिकामा पदाधिकारी छनोट सम्पन्न भइसकेको छ । छायाँनाथ रारा नगरपालिकाको अध्यक्षमा परेकराज चौलागाईं, खत्याड गाउँपालिकामा डिलबहादुर थापा, सोरुमा दानबहादुर बुढा र मुगुम कार्मारोङ्ग गाउँपालिकामा रतनबहादुर बुढा अध्यक्ष चयन भएका छन् ।

यस्तै, डोल्पा जिल्लाको ठुलोभेरी नगरपालिकामा धनलाल बोहोरा अध्यक्ष बनेका छन् भने त्रिपुरासुन्दरी नगरपालिकामा धर्मसिंह रोकाया अध्यक्ष बनेका छन् ।

गाउँपालिकामध्ये मुड्केचुलामा अमरबहादुर शाही, जगदुलामा कमल रोकाया, शेफोक्सुण्डो गाउँपालिकामा धावासम्डुक  गुरुङ्ग काइकमा राजकुमार रोका, डोल्पोबुद्ध गापा पाल्जाङ्ग लामा र छार्काताङ्सोङ् गाउँपालिकाको अध्यक्षमा खमसङ गुरुङ निर्वाचित भएका छन् ।

सल्यान जिल्लाको कालिमाटी गाउँपालिकाको अध्यक्षमा केशर बुढा, बागचौर नगरपालिकामा घनश्याम शर्मा, शारदामा मधुशुदन शर्मा, कपुरकोट गाउँपालिकामा द्रोणबहादुर केसी, त्रिवेणीमा लोकेन्द्र खड्का, छत्रेश्वरीमा ज्ञानबहादुर खड्का, कुमाखमा भैरवबहादुर शाह, सिद्धकुमाखमा पुष्पकुमारी बोहोर (महिला) र दार्मा गाउँपालिकामा बलबहादुर वली अध्यक्ष बनेका छन् ।

प्रदेश कमिटीको विवरण अनुसार रुकुमपश्चिमको मुसिकोट नगरपालिकाको अध्यक्षमा थलबहादुर वली, आठबीसकोटमा दिनेश चन्द, चौरजहारीमा अतिराम वली, वाफिकोट गाउँपालिकामा  व्युना पुन देवकोटा (महिला), त्रिवेणीमा डिल्ली बहादुर वली र सानोभेरी गाउँपालिकामा लोकबहादुर खड्का निर्वाचित भएका छन् ।

कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकामा पुष्पराज गिरी, रास्कोटमा जशी रोकाया, सुभकालिका गाउँपालिकामा प्रदिप प्रसाद चौलागाईं, तिलागुफा नगरपालिकामा विर्ख सुनार, नरहरीनाथ गाउँपालिकामा टेकबहादुर बुढा, महावैमा हरीबहादुर शाही, पलाँता गाउँपालिकामा हर्षबहादुर बम, सान्नीत्रीवेणीमा जनक केसी र पचालझरना गाउँपालिकाको अध्यक्षमा ऐनबहादुर शाही अध्यक्ष बनेका छन् ।

यस्तै हुम्लाको सीमिकोट गाउँपालिकाको अध्यक्षमा चिन रावत, अदानचुलीमा बुध भण्डारी, ताँजाकोटमा नरदीप थापा, सर्केगाड भिमबहादुर सिंह, चङ्खेलीमा टेकबहादुर शाही, खार्पुनाथमा प्रकाशबहादुर शाही र नाम्खा गाउँपालिकामा तोपछिरिङ तामाङ अध्यक्ष बनेका छन् ।

www.ratopati.com

प्रतिकृया दिनुहोस्