RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/३/१४ गते
३६१ पटक

काठमाडौं १४ असार ।हुम्लामा नियमित हवाई उठान हुन नसक्दा समस्या भएको छ । जिल्लामा लगातार वर्षाका कारणले गर्दा नेपालगञ्ज, सुर्खेतबाट आउने उडानहरु बन्द भएका हुन् ।

मुख्य यातायात मार्ग नै नियमित नभएपछि जिल्ला सदरमुकाम सिमकोटका पसलहरुमा महङ्गी भई उपभोग्य सामानहरुको मूल्य वृद्धि भएको छ ।

विकास निर्माणहरु पाइप, सिमेन्ट, सरिया जस्ता निर्माण सामग्रीसमेत ढुवानी नहुँदा निर्माण कार्य पनि ठप्प भएको छ । स्थानीय बासिन्दा महङ्गीमा परेको कृषक परेकबहादुर रोकायाले जानकारी दिनुभयो ।उहाँले हुम्ला जिल्लामा खाद्यान्नको समस्या रहेको समेत बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस्