RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/३/५ गते
३४५ पटक

काठमाडाैं । सरकारी गैरजिम्मेवारीपनका कारण देशभर मलको अभाव भइरहँदा धादिङमा भने कृषकले तस्करी गरी ल्याइएको रासायनिक मल कब्जामा लिएर आफ्नो घरतर्फ लगेका छन् । लामो समयसम्म पनि मल पाउन नसकेर किसानपीडित बन्दै आएका थिए । यसै क्रममा शनिबार भन्सार छलेर राजधानी ल्याउँदै गरिएको दुई ट्रक रासायनिक मललाई धादिङको धुनीवेशी नगरपालिका–६ स्थिति धार्केका किसानले नियन्त्रणमा लिएका हुन् ।

भन्सार छली गरेर ल्याउँदै गरिएको दुई ट्रक मल राजस्व विभागले नियन्त्रणमा लिएपछि त्यसको जानकारी किसानसमक्ष पुगे लगत्तै ठूलो संख्यामा आएका किसानले दुवै ट्रकमा रहेका मलका बोरालाई कब्जामा लिएर बाँडेका थिए । किसानले पालैपालो ट्रकबाट बोरा झिक्दै घरतर्फ लगेका थिए । मलको अभाव भोगिरहेका किसानले पृथ्वीराजमार्गबीच सडकमै ट्रक नियन्त्रणमा लिएर मल लिएका हुन् । राजमार्गमा जम्मा भएका करिब ५ सय जना किसानले मलको बोरा ट्रकबाट निकाल्दै घरतर्फ लगेका हुन् । सरकारले मल अभाव भइरहेको बताइरहँदा भित्रभित्रै तस्करी हुने क्रम बढेको पाइएको छ ।

किसानले देशव्यापी रूपमा मलको अभाव रहँदा समेत सरकारले तस्करीलाई पश्रय दिइरहेको आरोप लगाउँदै आइरहेका छन् ।
सरकारको लापरबाहीका कारण यो वर्ष पनि मुख्य सिजनमै रासायनिक मलको चरम अभाव देखिएको हो । नेपालमा आधिकारिक रूपमा रासायनिक मल आयात गर्ने जिम्ेमवारीमा रहेका पूर्णसरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेड र अर्धसरकारी स्वामित्वको साल्ट ट्रेडिङ कम्पनी हुन् । तर, यी दुवै निकाय किसानको मागअनुसार समयमा नै मल ल्याउन असफल हँुदै आएका छन् ।

सरकारले चालू आर्थिक वर्षमा मात्रै मल आयातका लागि २७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेका थियो । तर, पनि सरकारी निकाय मल समयमा नै ल्याउन असफल देखिएको छ । समयमा मल ल्याउन नसक्नुको कारण अनियमितता र विचौलियासँगको सेटिङ रहेको सरोकारवालाको दाबी छ ।

सरकारले गत १६ फागुनमा भारतसँग पाँच वर्षका लागि जीटूजीमार्फत रासायनिक मल ल्याउने सम्झौता गरेको थियो । सरकारी तहमा भएको सम्झौता दुई देशका मल खरिद गर्ने कम्पनीबीच सम्झौतामा ढिलाइ हुँदा मल आयात हुन सकेको छैन ।

सरकारले १६ वर्षदेखि मलमा अनुदानका लागि ठूलो रकम छुट्याउँदै आए पनि किसानका समस्या ज्यूँका त्यूँ रहेको कृषिविज्ञ बताउँछन् । सरकारले जिम्मेवारीबोधको भावना लिन नसक्दा र कृषकको समस्यालाई आफ्नै समस्याका रूपमा लिन नसक्दा मलमा बर्सेनि हाहाकार हुने गरेको कृषिविज्ञ कौशलकुमार पौडेलको भनाइ छ । सरकारले रासायनिक मलभन्दा प्रारंगारिक मल उत्पादनमा जोड दिनुपर्ने उनको सुझाव छ ।

सरकारले प्रांगारिक मल उत्पादन गर्न चासो नदिएका कारण बर्सेनि मलको हाहाकार भइरहेको उनको दाबी छ ।
तस्करी बढ्दो कृषि सामग्री कम्पनीका अनुसार नेपालमा बर्सेनि ९ लाख मेट्रिकटन मलको माग हुने गरेको छ । पछिल्लो समय कृषि व्यवसाय बढेका कारण मलको माग पनि बढ्दो छ । सरकारी योजना पनि सोहीअनुसार मल भिœयाउने रहे पनि त्यसको कार्यान्वयन हुन सकेको छैन ।

सरकारले जसोतसो साढे ४ लाख मेट्रिकटन मात्रै अनुदान रकमबाट खरिद गर्दै आएको मलका आधिकारिक बिक्रेता संस्था कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनको तथ्यांक छ ।

यी संस्थाको तथ्यांकका आधारमा पनि नेपालमा ४ देखि ५ लाख मेट्रिकटन मल तस्करीमार्फत व्यापार भइरहेको छ । नेपालमा रासायनिक मलको आधा हिस्सा भारतबाट हुने तस्करीले थामेको सरकारी अध्ययनले देखाएको छ ।

www.rajdhanidaily.com

प्रतिकृया दिनुहोस्