रारान्यूज संवाददाता प्रकाशित : २०७८/२/४ गते
११४० पटक
नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यदलको औपचारिक पहिलो बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्ने तय भएको कार्यदल सदस्य रघुजी पन्तले रातोपाटीलाई बताए ।
यसअघि कार्यदल सदस्य शंकर पोखरेल उपत्यका बाहिर र भिम रावलको आँखामा समस्या आएकाले मंगलबार बैठक बस्ने नबस्ने अनिश्चित रहेको नेताहरुले बताएका थिए ।
अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच गत आइतबार भएको छलफलले दुवै तर्फका पाँच–पाँच गरी १० सदस्यीय कार्यदल बनाउने सहमति भएको थियो ।