RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/१/३० गते
८८४ पटक

बैशाख ३० ।  वल्र्डमिटरकोपछिल्लो तथ्यांक अनुसार विश्वभर नयाँ संक्रमण र दैनिक मृत्युमा कमि आएको देखाएको छ ।

जबकी आइतबार एकदिनमा विश्वभर ३ हजार ४ सय १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । त्यस्तै एकैदिन संसारभरबाट ७२ हजार ७ सय ६५ बिरामी थपिएका छन् । आइतबार एकैदिन ७९ हजार ४ सय बिरामी थपिएको थिए । सोमबार ३६ हजार ४ सय ५७ बिमा निको भएका छन् ।

कोभिड–१९ का कारण विश्वभर कुल मृत्यु हुनेको संख्या २ लाख ८६ हजार ९ सय ८६ पुगेको छ । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना संक्रमितको संख्या ४२ लाख ५० हजार ८ सय ८६ छ भने संक्रमितमध्‍ये हालसम्म १५ लाख २५ हजार १ सय ९३ जना निको भएका छन् ।

सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा पछिल्लो २४ घण्टामा ९३७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतक संख्या ८१ हजार ७२४ पुगेको छ । त्यहाँ कुल संक्रमितको संख्या १३ लाख ८४ हजार ६८१ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये २ लाख ६० हजार ४०० जना उपचारपछि निको भएका छन् ।

पछिल्लो २४ घण्टामा त्यहाँ ७४४ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २ लाख १९ हजार ८१४ पुगेको छ । इटालीमा संक्रमितमध्ये १ लाख ६ हजार ५८७ जना उपचारपछि निको भएका छन् ।

स्पेनमा २ लाख ६८ हजार १४३ कुल संक्रमित भएका छन् भने २६ हजार ७४४ जनाको मृत्यु भएको छ । यसैबीच एक लाख ७७ हजार ८४६ जना निको भएर फर्किएका छन् ।

बेल्जियममा ५३ हजार ४४९ कुल सङ्क्रमित भएका छन् भने ८ हजार ७०७ जनाको मृत्यु भएको छ । यसैबीच १३ हजार ६९७ जना निको भएर फर्किएका छन् ।

जर्मनीमा एक लाख ७२ हजार ५६७ कुल संक्रमित भएका छन् भने ७ हजार ६६१ जनाको मृत्यु भएको छ । इरानमा एक लाख ९ हजार २८६ कुल संक्रमित भएका छन् भने ६ हजार ६८५ जनाको मृत्यु भएको छ । यसैबीच ८७ हजार ४३३ निको भएर फर्किएका छन् ।

 

प्रतिकृया दिनुहोस्