RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/८ गते
७३४ पटक

काठमाडौं : नेपालमा थप १७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समिर कुमार अधिकारीले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगरमा गरिएको परीक्षणमा १७ जना नयाँ संक्रमित थपिएको जानकारी दिए ।

अधिकारीका अनुसार झापा, कचनकवल गाउँपालिका-३, ६, ८ निवासी १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२, ३७, ४६ पुरुषहरू, धनकुटा निवासी ३४ वर्षीय पुरुष, सुनसरी, धरान उप-महानगरपालिका निवासी ५१ वर्षीय महिला रहेका छन् । उनीहरूको स्वास्थ्य अवस्था सामान्य छ ।

प्रतिकृया दिनुहोस्