RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७७/२/२४ गते
६५३ पटक

काठमाडौं। डोल्पाको जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।

त्यसैगरी धनगढी ४ की ५५ वर्षीया महिलाको पनि कोरोना संक्रमणले मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पुष्टि गरेका हुन् । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

त्यसैगरी धनगढीमा मृत्यु भएकी ती महिला मिर्गौला रोगबाट पीडित थिइन् । उनको जेठ २३ गते सेती अस्पतालमा डायलसिस गराउने क्रममा मृत्यु भएको हो । मृत्युपछि थ्रोट स्वाबको नमूना संकलन गरी धनगढी प्रयोगशालामा पठाइएकोमा रिपोर्ट कोरोना पोजिटिभ आएको हो।

यसअघि कोरोना संक्रमणबाट सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्